कला/साहित्य

तन्का कविता

१,
मच्चे मच्चिनु
आफै नहटे हुन्छ
छिर्न सजिलो
जिस्किहाल्छ आफै नै
छिरिहाल्छ के भनुँ ।
२,
खोज्दै हिँडेको
बाटो नै खस्ला जस्तो
लामो बाबियो
मुठ्याएँ बल गर्दै
अनुहारै ठानेर ।
३,
चुल्ठो त लामो
भाग्न थाल्दा समाएँ
हडबडिँदा
अगाडि फर्काउँदा
झस्किहाल्यो पछार्दा ।
४,
फुलेको फूल
मख्ख परेको जून
दोधारे साँझ
मुस्कान एकोरिँदा
बिटुलिएको पानी ।
५,
कन्याइदिएँ
पछाडिबाट आङ
दरिलो धाप
हाँस्न खोजेको मन
चिम्म गरेको आँखा ।
६,
कालो तुवाँलो
भत्काउन थालेको
कोपर्दा भित्ता
मुख थुन्दै रोएको
किलैकिला ठोकेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *