समाचार

संगठन निर्माणमा राज्यकोषको चरम दुरुपयोग गर्दै ओली सरकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौमा विशाल सभाको आयोजना गर्यो । आमसभामा पूर्वदेखि पश्चिम नेपालसम्मका मानिसहरुको सहभागिता रहेको छ । उनीहरुलाई काठमाडौ ल्याउन करि पाँच हजार सार्वजनक बस तथा अन्य स्रोत साधान प्रयोग गरिएको थियो । उनीहरुलाई काठमाडौ ल्याउन के कति खर्च कसको प्रयोजनामा भयो भन्ने केही खुलेको छैन । तर पनि सहजै अनुमान गर्न सकिन्छ कि ओलीले सत्ताको राम्रै दूरुपयोग गरेका छन् ।

यतिबेला राज्यको साधन र स्रोतमाथि दाइँ गर्दै आफ्नो गुट विस्तारमा लागेका छन् । राज्यको साधन र स्रोतमाथि उनले गरेको ज्यादती, उनले गरेको अपराध विगतका शासकको भन्दा सयौँ गुणा बढी भएको सहजै अनुमान गर्न सकिन्छ ।

शुक्रबारको आमसभामा केवल काठमाडौका मात्रै मानिसहरु उपस्थित भएका थिएनन भन्ने कुरा त्यही आएका अनुहारले बताइरहेको थियो । साथै काठमाडौको विजुलीबजार, कलंकी, किर्तिपुर, नयाँ वसपार्क, थापथली लगायतको क्षेत्रमा पार्किङ गरेका बसबाटै सहजै सहजै स्पष्ट हुन्छ कि ओलीले सत्ताको भरपुर दुरुपयोग गरिहेका छन् ।

ओली गुट विस्तार र यस्तै आमसभाका लागि भन्दै अर्थमन्त्रालयबाट विभिन्न शीर्षकमा बजेट निकासा गर्न अर्थमन्त्रालयका बजेट महाशाखाका एक अधिकारीका अनुसार पछिल्ला दिनमा अल्पमतमा रहेको नेकपाको ओली गुटले गुट विस्तारका लागि भन्दै अर्थमन्त्रालयमा बजेट माग गरेका छन् । राज्यसँग पैसा नभएको भन्दै माग गरेकै घरमा पैसा दिन नसकिने अर्थमन्त्रालयका ती अधिकारीको भनाइ छ । ती अधिकारी भन्छन्, पछिल्ला दिनमा बजेटमा व्यवस्था भए भन्दा झण्डै १० अर्ब बराबरको बजेट थप माग भइआएको छ । त्यसको अन्तर्यमा गुट विस्तार नै रहेको छ ।

ओलीले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहोन गरिरहेका छन् ।उनले पार्टीकै कार्यक्रममा चितवनदेखि देशका विभिन्न भागमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् । लाखौलाख खर्च गरेर पार्टीको कार्यक्रममा सहभागी भएकाले पनि यतिबेला कामचलाउ सरकारले शक्ति दुरुपयोग गरेका हुन् । पार्टीकै कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री इश्वर पोखरेलले तथा उद्योगमन्त्री लेखराज भट्टले शक्तिको दुरुपयोग गरेका हुन् ।

ओलीले नेकपा फुटेपछि स्थानीय स्तरका मैले काम गरेको छु भन्ने देखाउनसमेत शक्तिको दुरुपयोग गरेका हुन् । यतिबेला राज्यकोषको पैसामा हाल हाल्ने र अनियमित तरिकाले खर्च गर्न नै पाइँदैन । तर ओलीले जुनखालको आर्थिक अपराधलाई संस्थागत गरेका छन त्यसले आगामी दिनमा समेत राम्रो सन्देश गएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *