शिक्षा / स्वास्थ्य

शुक्रबार १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय पाँच जना कोरोना संक्रमित थपिएका छन भने दुई सय ७२ संक्रमित कोरोनामुक्त भएका छन । २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन ।
दुई हजार सात सय ९९ जनाको पीसीआर परिक्षण गर्दा १०५ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये ५७ पुरुष र ४८ महिला छन । यो संगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३५.०३ प्रतिशत महिला र ६४.९७ प्रतिशत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म २ लाख ६७ हजार ५६४ जना संक्रमित निको भइसकेका छन । नेपालमा कोरोना संक्रमित निकोहुने दर ९८ं.५ प्रतिशत छ । मुलुकभर दुई हजार १०८ जना सक्रिय सक्रमितमध्ये ७४३ जना संक्रमित संस्थागत आइसोलेशनमा छन । क्वारेन्टाइनमा भने ९२ जना छन ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । नेपालमा मृतकको संख्या दुई हजार ३५ पुगेको छ । ६४ जना आसीयुमा र १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन ।

नेपालमा आरटी–पीसीआर विधिबाट २० लाख ८८ हजार ३७२ जनाको परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ४७ वटा सरकारी प्रयोगशालाले १४ लाख १३ हजार ४ सय ६६ जनाको परिक्षण गरेका छन भने ३५ वटा निजि प्रयोगशालाले ६ लाख ७४ हजार ९०६ जनाको परिक्षण गरेका छन ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ भने भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु कोरोना संक्रमण मुक्त जिल्ला बनेको छन ।

उपत्यकामा कति संक्रमित थपिए ?


सोमवार काठमाडौं उपत्यकामा ५८ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ३३ जना महिला र २५ जना पुरुष छन । काठमाडौंमा ४३, ललितपुरमा १२ र भक्तपुरमा ३ जनामा कोरोन पुष्टि भएको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?


प्रदेश १ मा ४, प्रदेश २ मा १ , वागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ११, लुम्बिनीमा २१, कर्णालीमा १ र सुदुरपश्चिम २ जना संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *