काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले आज नारायणहिटी पटांगिनीमा बृहत् जनसभा आयोजना गर्दैछ । जनसभामा सहभागी हुन शुक्रबार बिहानैदेखि राजधानीका १६ ठाउँबाट जुलुस निस्कन थालेका छन् ।
ओली नेकपाले जनसभा सफल बनाउन तीन हजार स्वयंसेवक परिचालन गरेको छ । जनसभाका लागि राज्यशक्ति र ढुकुटीको दुरुपयोग गरिएको छ । नारायणहिटी पटांगिनीमा अहिलेसम्म कुनै पनि दलले आमसभा गर्न सकेका थिएनन् । तर, ओलीले पूर्वराजाको दरबारकै पटांगिनीमा मञ्च राखेर भाषण गर्ने भएका छन् ।

ओलीलाई अहिले उनका अनुयायीले हिन्दी फिल्मको खलपात्र प्रकाशराजको जस्तै पोस्टर राजधानीका ठाउँठाउँमा राखिएको छ । बिहीबार राजधानीका सडकमा मोटरसाइकल र ट्याक्सीमा दौरासुरुवाल र कालोटोपी लगाएका ओलीका तस्बिर रहेका फ्लेक्स प्रदर्शन गरिएको थियो । त्यस्तो फ्लेक्स अहिले दरबारमार्गका दायाँबायाँमा ठड्याइएको छ ।

हिन्दी सिनेमा ‘सिंघम’ मा खलअभिनेता प्रकाशराजको जस्तै प्रचार गरिएको छ । सो सिनेमामा प्रकाशराजले चिफ मिनिस्टरको भूमिका निभाएका छन् । उनी हिँड्दा सयौं गाडीको लावालस्कर र सडकका दायाँबायाँ अहिले ओलीको जस्तै तस्बिर ठड्याएको देखिन्छ ।




