ताजा समाचार

पश्चिम भेगबाट भित्रियो हिउँदे वर्षा, पाँचवटा प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहान सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य वदली रहेको छ भने वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र दिउँसोसम्म काठमाडौं आइपुग्ने मौसमविद् मीन कुमार आर्यालले जानकारी दिए ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको आर्यालले बताए ।
देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भु भागका केही स्थानहरुमा हल्का हिमपात तथा सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश न १ र बागमती प्रदेशमा वदली भै हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *