रिबन

नारायणहिटि अगाडी आज नेकपा ओली समूहको शक्तिप्रदर्शन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज नारायणहिटी अगाडी शक्ति प्रदर्शन गर्दैछ ।

यसअघि प्रचण्ड(माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि त्यसको काउन्टरमा ओली समूहले आज शक्ति प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीले आफू सहभागी भएको सबैजसो कार्यक्रममा कार्यकर्ता तथा सहभागीलाई माघ २३(आज)को प्रदर्शन सहभागी हुन चुलेनिम्तो बाड्दै हिडेका छन् । उनले भाषणकै क्रममा दाहाल नेपालसमूहप्रति कटाक्ष गर्दै शक्ति प्रदर्शन के हो हेर्न माघ २३ गते नारायण हिटी अगाडी आउनु भन्दै चुनौती समेत दिँदै हिडेका छन् ।
आजको आमसभाको लागि ओली समूहले देशका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारिरहेको छ । रातारात कार्यकर्ता काठमाडौं भित्रिएका छन् ।

आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवस् भण्डारीले संसद् विघटन गरेपनि नेकपा भित्रै दुई समूह सिजैना भएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको एक समूह र प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को समूह छ ।
दुवै समूहले आफ्नो आधिकारिकता दाबी गरिरहेका छन् भने सडकमा शक्ति प्रदर्शन र भेलाहरुलाई तीव्र बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *