राजनीति

‘आइ लभ यू ओली बा !’

काठमाडौं । रातो क्याप लगाएका युवा र विद्यार्थीको भीडबाट निरन्तर नारा गुञ्जिरहेको थियो– ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई, नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ, अघि बढ केपी बा, ज्यान दिन तयार छ, आइ लभ यु ओली बा !’

नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) ले भोलि आयोजना गर्ने जनसभाको तयारीस्वरुप युवा–विद्यार्थीले काठमाडौंमा विहीबार साँझ मार्च पास गरे । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीका लागि मार्च पास गरेका हुन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *