राजनीति

बन्दकर्ता र प्रहरीबीच जनकपुरमा झडप, प्रहरीद्वारा हवाइ फायर

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समुहले आम हड्ताल गर्नेक्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका हुन्।

जनकपुर बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको थियो ।

नेता झाको टाउकोमा चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन्। नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *