रिबन

प्रचण्ड आफैं निस्किए सडकमा, फागुन पहिलो सातादेखि जनआन्दोलन सुरु गर्ने घोषणा

काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्द सफल पार्न भन्दै सडकमा निस्किएका छन् ।

प्रचण्ड नेता कार्यकर्ताका साथमा ललितपुरको सातदोवाटो, कोटेश्वर, पुल्चोकलगायतका क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन् ।

उनले ओली कदमका विरुद्ध आगामी फागुन पहिलो साताबाट जनआन्दोलन नै सुरु गर्ने प्रतिक्रिया दिए । ‘लोकतन्त्रमाथि प्रहार भएको छ । जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ प्रचण्डले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभइ गणतन्त्र पक्षधर गणतन्त्रविरोधीबीको लडाइँ हो ।’

संवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज देशव्यापी आमहडताल गरेको छ । आजको नेपाल बन्दले देश अब कडा मुठभेडमा जाने संकेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *