रिबन

नेकपा नेतृ अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

काठमाडौं । आमहाडताल सफल बनाउन भन्दै बिहिबार बिहानैदेखि सडकमा उत्रिएका नेकपा दाहाल नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकीको इन्चार्ज खटाइएकि नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । कलंकीबाट उनीसँगै हितमान शाक्य, अमृता थापा लगायत नेताहरु तथा दर्जनौं कार्यकर्ता पनि पक्राउ परेका छन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटमार्फत भनेका छन्, ‘आज बिहानै निरंकुश सरकारले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको छ ।’

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा नेकपाले आज आमहड्ताल घोषणा गरेको हो। बिहानै देखि सरकार पक्ष र आन्दोलनरत पक्षका आक्रमकरुपमा देखिएका छन्। बिहानै टायर बाल्ने सवारीमा आगजनी गर्ने लगाएतका कार्य भइरहेको छन् भने प्रहरीले दजैनौं नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *