रिबन

गोंगबुमा एकाबिहानै ट्याक्सीमाथि आगजनी

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्ताल बिहानैबाट उग्ररुप लिएको छ ।

आमहड्ताल शान्तपूर्ण गराउने बताइए पनि बिहिबार बिहानै देखि टायर बालिएका छन् भने गोंगबुमा एक ट्याक्सीमाथी आगजनी गरेका छन्।
अज्ञात समूहले रोकिराखेको ट्याक्सीमा एक्कासी ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

आगजनीको जिम्मा नेकपा दाहाल-नेपाल समूहले भने लिएको छैन । उनीहरुले अवान्छित क्रियाकलाप नहुने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *