काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते आयोजना गर्ने आमसभा दरबारमार्गमा राखेपछि व्यवसायीहरु आतंकित बनेका छन् । व्यापारिक केन्द्रमा राजनीति नगर्न माग राख्दै व्यवसायीहरु महानगरपालिकामा उजुरी गर्न पुगेका थिए ।
्
दरबारमार्गमा कुनै पनि राजनीतिक कार्यक्रम यसअघि हुने गरेको थिएन । कोरोना महामारीका कारण करिब १० महिनादेखि ब्यापारमा घाटा खाएका ब्यापारीहरु २३ गतेको कार्यक्रममा हिंसा भड्कने हो कि भन्ने त्रासमा छन् ।
हिंसा भड्किएर पसल तोडफोड हुने चिन्ता उनीहरुमा छाएको छ । राजनीतिक दलहरुले रत्नपार्क, भृकुटीमण्डप, माइतीघर मण्डला, बसन्तपुर डबली, नयाँ बानेश्वरलगायतका स्थानहरुमा गर्दैआएका छन् । तर सत्ताको उन्मादमा प्रधानमन्त्री ओलीले दरबारमार्गमा कार्यक्रम राखेपछि ब्यापारीहरु त्रासमा छन् ।
यसअघि नेकपा (प्रचण्ड–माधव) समूहले भृकुटीमण्डपमा गरेको कार्यक्रममा ब्यापक उपस्थिति भएपछि सरकार पक्षले त्यो भन्दा बढी भीड देखाउन सामदाम सबै प्रयोग गरी आजैबाट जिल्ला जिल्लाबाट पञ्च¥याली शैलीमा मानिस उतार्न लागेको छ । ओली समूहले भोलि आमहड्ताल भनेकाले बुधबारबाटै मानिस काठमाडौं पठाउन ओसार्न जिल्ला जिल्लामा खबर गरिसकेको छ ।




