काठमाडौं । संवैधानिक आयोगको नियुक्तिका विषयमा नेपाली कांग्रेसले संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टुइटमार्फत् भनेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध संघर्ष झनै घनिभूति बनाउनुपर्ने निष्कर्षमा हामी छौं ।’
प्रवक्ता शर्माले भनेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र बुधबार सम्पन्न समथग्रहणप्रति विधि उल्लंघन भएको छ, प्रवृत्तिप्रति हाम्रो प्रष्ट विमति छ ।’





