समाचार

संवैधानिक अंगमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड-नेपाल समुहद्वारा भोली देशव्यापी आमहड्ताल घोषणा

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले माघ २२ गते बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ । पत्रकारसम्मेलमार्फत प्रचण्ड नेपाल समुहले भोली २२ गते देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

प्रतिनिधिसभा विघटन र असंवैधानिक रुपमा गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको विरोधमा आमहड्ताल गर्न बाध्य भएको नेकपा नेतृ पम्फा भुसालले जानकारी दिइन । हड्तालमा यातायात, पसल, शिक्षण संस्था, कलकारखाना, उद्योग व्यवसाय बन्द गरिने नेतृ र नियमित सञ्चालनमा रहेका परिक्षा, अस्पताल, एम्बुलेन्स, दुध, पानीका गाडी सञ्चालनमा भने अवरोध नगरिने नेतृ भुसालले बतइन । आजै देशव्यापी मसाल जुलुस गर्ने र २८ गते काठमाडौको सभा यथावत रहेको उनले बताइन ।
सरकारको निर्णय फिर्ता नभएसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी रहने प्रत्रकारसम्मलनमा नारायणकाजी श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *