काठमाडौं । मुलुक अब फेरि राजनीतिक मुठभेडको बाटोतर्फ अग्रसर भएको छ । प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइविनै संवैधानिक अंगका पदाधिकारी नियुक्ति गरी सपथ खुवाएपछि र मनपरी ढंगले अघि बढेपछि नेकपा (प्रचण्ड–नेपाल समूह) ले बिहीबार आमहडतालको घोषण गर्ने भएको छ । त्यसका लागि सो समूहले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेकपा (ओली समूह) ले शुक्रबार काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने घोषणा गरेको छ । त्यसलाई मध्यनजर गर्दै बिहीबार नै (प्रचण्ड–नेपाल समूह) ले बिहीबार आमहडतालको घोषणा गरेको छ । आमहडताल घोषणापछि सम्पूर्ण सरकारी, निजी कार्यालयका साथै शैक्षिक संघसंस्था, कलकारखाना बन्द हुने भएका छन् ।
प्रधानमन्त्री ओलीले माघ २३ गते जनसभाबाट के घोषणा गर्लान् भन्ने सर्वत्र चासो देखिएको छ । ओलीले हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रहको घोषणा गर्न सक्ने धेरैको आकलन छ ।




