काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइविनै संवैधानिक अंगका पदाधिकारी नियुक्ति गरी सपथ खुवाएपछि उनको यो कदमको विरोध सुरु भएको छ । यो घटनाले देशमा ठूलो तरंग सिर्जना गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका साथै नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले पनि यसको विरोध गरेका छन् । ओलीको सो कदमबारे आफ्नो धारणा सार्वजनिक गर्न नेकपां (प्रचण्ड–माधव नेपाल समूह) ले बुधवार दिउँसो आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक अंगका पदाधिकारीको सपथ समारोह बहिष्कार गरेका छन् ।




