काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संबैधानिक आयोगमा आज पदाधिकारी नियुक्ति गर्दै छन् । त्यसको लागि आज साँझ संबैधानिक परिषदको बैठक डाकिएपनि मंगलबारै स्थगित गरिएको सूचना जारी गरिएको छ । तर संबैधानिक परिषद्को बैठक नबसेपनि आज प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सबै आयुक्तहरुलाई सपथ खुवाउने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । परिषद्ले संसदीय सुनुवाईको लागि पठाएको थिया े। तर संसद् विघटन भएको अवस्थामा सुनुवाइ समिति नै नभएपछि सभामुख अग्नि सापकोटाले गत आइतबार सिफारिसको सक्कल फाइल नै संवैधानिक परिषद्मा नै फिर्ता पठाइदिएका छन् ।
सभाामूखले फाइल फिर्ता पठाएपनि परिषद्ले सिफारिसको लागि पठाएको हिजो ४५ दिन पुरा भएको छ । ४५ दिनसम्म संसदीय सुनुवाई हुन सकेन भने स्वतः नियुक्ति भएको मानिने प्रावधान छ ।
नियुक्तिको लागि योग्य रहेको भन्दै मंगलबार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाएकोले बुधबार बिहानको लागि सपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।
कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
तर संवैधानिक निकायसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हालसम्म पनि विचाराधीन छ । अदालतमा विचारधीन रहेपनि प्रधानमन्त्री ओलीले त्यसको पर्वाह नगरि आफूखुसी नियुक्ति दिन लागेको हुन् ।
आफैले गत पुस ५ गते संसद् भंग गरि देशलाई संसद्विहिन अवस्थामा पुर्याएर गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्नका लागि ३८ जनाभन्दा बढीको नामावली सिफारिस गरेका थिए ।
संसदीय सुनुवाईको सामना गर्न नपर्ने स्थिति सिर्जना गरि चोरबाटोबाट गरिएको संबैधानिक आयोगका पदाधिकारी नियुक्तिले उनीहरुको कार्यसम्पादन क्षमतामा प्रश्न उठाएको छ ।




