आजका पत्रपत्रिकामा फरक फरक विषयका समाचारले पत्रिकामा प्रमुख स्थान पाएका छन् ।
राजधानी दैनिकले संबैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गर्ने तयारी गरेको बारे समाचार छापेको छ । संवैधानिक आयोगहरूले पूर्णता पाउँदै, आजै नियुक्ति र शपथ शिर्षकमा समाचार छ । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
त्यस्तै सरकारले विप्लवसमूहसँग वार्ता सुरु गरेको खबर पनि राजधानी दैनिकमा छ । मंगलबार खानेपाजनी मन्त्री मणि थापा र विप्लवसमूहका पक्राउ गरेका नेता हेमन्त प्रकाशसँग ३० मिनेट सम्बाद भएको थियो । समाचार अनुसरा, काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सोअनुसार बुधबार बिहान सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने गरी कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कानुनतः उनीहरूको नियुक्ति पछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउनेछन् ।
सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’ सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।
मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।
यो खबरलाई अन्नपूर्ण पोस्टले पनि छापेको छ ।
त्यस्तै अन्नपूर्ण पोस्ट्ले सामाजिक इस्यूलाई पनि पहिलो पेजमा स्थान दिएको छ । लुगलुग काम्दै मधेस शिर्षकमा तराईमा केहि दिन देखि बढेको चिसोले जनजीवन प्रभावित बनेको खबर छापेको छ । तराईरमधेसमा शीतलहरका कारण अहिले बिहान–साँझ चिसोले मुटु कमाउँछ। मैथिलीमा भनिन्छ, ‘हाथ हाथ नै सुझाइछैं।’ अर्थात् एक हातले अर्को हातलाई हेर्न नसकिने गरी हुस्सु लाग्छ। बिहान ११ बजेसम्म बाक्लो हुस्सुले गर्दा सवारी साधन चलाउँदा हेडलाइट बाल्नुपर्छ। हुस्सुकै कारण सवारी दुर्घटनाको जोखिम देखिएको छ।
अन्नपूर्णमै महामारीमै उडे ६२ हजार कामदार शिर्षकमा अर्को खबर छ ।
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए।
नागरिक दैनिकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको समाचारलाई पहिलो पृष्ठमा छापेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गरेका हुन् ।
दलको पदाधिकारी तथा निर्णयको आधिकारिकतासम्बन्धी दाबीसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी उहाँहरुबाट आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।




