मुख्य समाचार

जनता झुक्याएर सत्तामा पुग्ने दिन गए : डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले मुलुकमा संबैधानिक संकट पैदा गरेको बताएका छन । नेपाली कांग्रेसका १३ भ्रातृ संस्थाले नुवाकोटमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा. महतले संविधान र कानूनमाथि ओलीद्वारा गरिएको प्रहारले मुलुकको भविश्यप्रति कांग्रेस चिन्तित बनेको बताएका हुन ।

ओली नेतृत्वको कम्युनिष्ट सरकारले लोकतान्त्रिक संस्था धराशायी पार्दै मुलुकमा संस्थागत भ्रष्टाचार गरेको डा. महतले आरोप लगाए । कोभिड महामारी नियन्त्रणमा २० अर्वभन्दा बढी खर्च भयो जनताले के पाए ? डा. महतले भने नेपालमा भ्याक्सिन सरकारको पौरखले आएको होइन भारतको सहयोगमा आएको हो ।

डा. महतले संविधानलाई ट्याकामा ल्याउने दुई विकल्प भएको बताएका छन । संविधानलाई ट्याकमा ल्यान संसद पुर्नस्थापन या निर्वाचन नै उपयुक्त बाटो भएको उनको भनाइ थियो । सर्वोच्चले गरेको फैसाला नेपाली कांग्रेसलाई स्वीकार्य हुन्छ डा. महतले भने अदालतले विचारधीन मुद्धा चाडो टुङ्ग्याएर मुलुकलाई निकास दिनुपर्छ ।

कम्युनिष्ट पार्टीको डिक्सनेरीमा जनताबाट निर्वाचित भएर सत्तामा जाने व्यवस्था छैन डा. महतले भने कम्युनिष्टहरुको इतिहास नै जवरजस्ती सत्ता कब्जा गर्ने हो । नेपालका कम्युनिष्टहरुले भ्रम सिर्जना गरेर सत्तामा पुग्ने रणनीति अख्तियार गरेका छन । अब जनताले उनीहरुको असली रुप थाहा पाइसकेकाले आगामी निर्वाचनमा कम्युनिष्टहरु ठेगान लाग्ने डा. महतले बताए ।

नुवाकोटको चौतर्फी क्षेत्रको विकासमा नेपाली कांग्रेसको महत्वपूर्ण योगदान गरेको पनि नेता महतले स्पष्ट पारे । विकास, संमृद्धि र शुसाशनको प्रत्याभूति कांग्रेलेमात्र दिलाउन सक्ने विश्वास दिलाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *