काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आफ्नो पक्षको आधिकारिकता आयोगमा दाबी गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले यस अघि पठाइएका पार्टीका निर्णयहरु अध्यावधिक गर्ने सम्बन्धमा आयोगले पठाएको पत्रको जवाफ दिदै पार्टीको आधिकारिकता दाबि गर्ने निर्णय भएको बताए ।
त्यस्तै प्रचण्ड–नेपाल पक्षको आज बसेको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको छ भने महासचिवलाई स्थायी कमिटले नै हटाउने निर्णय गरेकाले त्यसलाई स्वीकृत गरेको छ ।
त्यस्तै म्यान्मारको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउदै आफुहरु प्रजातन्त्रको पक्षमा रहेको प्रवक्ता श्रेष्ठले जानकारी गराएका छन् ।




