रिबन

नुवाकोटमा उपप्रधानमन्त्री र ऊर्जामन्त्रीलाई कालोझन्डा देखाउँदा झडप, गाडी तोडफोड

काठमाडौं । नुवाकोटमा दुई मन्त्री उपस्थित कार्यक्रममा आक्रमण भएको छ । नेकपा प्रचण्ड माधव नेपाल समूहका कार्यकर्ताले सोमबार बिहान मन्त्रीद्वयको गाडी तोडफोड गरेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल र ऊर्जामन्त्री टोपबहादुर रायमाझी कार्यक्रमका लागि गएका बेला उनीमाथि प्रचण्ड नेपाल समूहले आक्रमण गरेपछि झडप भएको बताइन्छ । पोखरेल र रायमाझीलाई कुनै चोट लागेको भने छैन ।

नेकपा ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच झडप भएको हो । झडपमा प्रचण्ड–नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् । ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पोखरेल र रायमाझी नुवाकोट पुगेका थिए ।

प्रचण्ड नेपाल समूहका कार्यकर्ताले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दाबादका नारा लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *