ताजा समाचार

नेकपा विवादले निर्वाचन आयोगलाइ सकस

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनको मुद्धामा आजबाट सरकारी पक्षको बहस सुरु हुनेबारे खबर छ ।
नेपाल समाचार पत्रले नेकपा विवादमा निर्वाचन आयोगले अब के गर्छ भन्नेबारे खबर छापेको छ ।
‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’ शिर्षकमा समाचार छ । समाचारमा भनिएको छ, निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती थपिएको हो ।
उता नागरिक दैनिकले सर्वोच्चमा रिट निवेदकको बहस सकिएर सरकारी पक्षको बहस सुरु हुने मुख्य समाचार छ । संसदीय सुनुवाइका लागि पठाइएका पत्र सभामुखद्वारा फिर्ता गरेको खबर पनि पहिलो पृष्ठमा छापेको छ । परिषद्ले विभिन्न आयोगका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि सिफारिश गर्दै संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो । गत पुस ३ गते पठाइएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा आयुक्त, निर्वाचन आयोगका आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको संसदीय सुनुवाइका लागि परिषद्ले प्रतिनिधिसभामा पत्राचार गरेको थियो ।
अन्नपूर्ण पोस्ट्ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारबारे समाचार तयार पारेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो कोभिड अस्पतालमा औषधि र सर–सामान आपूर्ति गर्न बिनाटेन्डर करोडौंको ठेक्का त्यस्तो व्यक्तिलाई दिएको छ, जो अख्तियारको मुद्दा खेपिरहेका छन्। सामान आपूर्तिमा अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *