मुख्य समाचार

भोली हुने प्रदर्शनमा व्यापक सहभागी बन्न कांग्रेसका १३ भ्रातृ संस्थाले गरे संयुक्त अपील

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले सरकार विरुद्धको प्रदर्शनमा सहभागी हुन संयुक्त अपील गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा नेपाली कांग्रेसका १३ वटा भ्रातृ संस्थाले भोली माघ १९ गते हुने विरोध प्रदर्शनमा सहभागी हुन संयुक्त अपील गरेका हुन ।

प्रधानमन्त्री ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा कांग्रेस केन्द्रीय समितिको निर्देशनमा १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै भोली सोमबार एकसाथ प्रदर्शनको तयारी गरिएको छ ।

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता यी समग्र मुद्दालाई अघि सारेर हुने भोलिको प्रदर्शनमा सहभागी बन्न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकलाई जनसमुदायमा आग्रह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *