काठमाडौं । कोरोना खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीको बोली तीन दिनमै फेरिएको छ । प्रधानमन्त्री केपी ओलीले आगामी एक बर्षभित्र सबै नेपालीले खोप पाउने बताएका छन । उनले यसअघि तीन महिनामा सबै नेपालीले निःशुल्क खोप पाउने अभिव्यक्ति दिएका दिएका थिए ।
प्रधानमन्त्री ओलीले फ्रन्ट लाइनमा रहेकालाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने भएकाले सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोरोना भगाइने उनले दावी गरे ।
त्यस्तै प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु भइसकेको जानकारी गराउँदै अर्को वर्ष राम नवमीमा भव्यतापूर्वक प्राणप्रतिष्ठा गर्ने समेत बताए ।
अयोध्यापुरीमा राम मन्दिर बनाउने कुरा त्यहीँबाट निर्वाचित भएका सांसदले बोल्न नसक्नु दूर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । उनले पुष्पकमल दाहालप्रति लक्षित गर्दै राम अयोध्यापुरीमा जन्मिएका भन्न नसक्ने मान्छे बडा सक्कली राष्ट्रवादी भएर हिँडेको आरोप लगाए ।
माडी उपत्यकालाई मणी बनाउछु भनेर अघिल्लो चुनावमा आफूले भोट मागेर जिताएका प्रचण्ड नै कुहिएको आलु भएपछि माडीको विकास हुन नसकेको टिप्पणी समेत गरे ।
ओलीले तोकिएको समयमा निर्वाचन हुने दोहो¥याए । केही व्यक्तिहरूले अल्मल्याउनका चुनाव हुदैन भनेर भ्रम फैलाइरहेका उनको आरोप छ ।
सभालाइ सम्बोधन गर्दै गृहमन्त्री तथा नेकपाका नेता रामवहादुर थापाले विभाजित पक्षका अध्यक्ष दाहाललाई अवसरवादी नेताको संज्ञा दिदै पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए । चितवनमा चुनाव जित्न मतपत्र च्यात्नुनपर्ने उनको भनाइ थियो ।




