राजनीति

तीन महिनाभित्र केपी ओलीलाई सत्ताच्युत गर्छौ: प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका सार्वभौम अधिकार कुल्चिएर अघि बढेको आरोप लागाएका छन् ।

नेकपा (दाहल–नेपाल) समुहले धनगढीमा आयोजना गरेको आभसभालाई सम्बोधन गर्दै प्रचण्डले देश, जनता र संविधानप्रति ओलीले घात गरेको आरोप लगाएका हुन । प्रतिनिधिसभा विघटनसम्वन्धी मुद्दामा सर्वोच्चले संविधान र लोकतान्त्रिक मुल्य मान्यतालाई केन्द्रमा राखेर फैसला गर्ने विश्वास गरे ।

प्रतिनिधिसभा भंग भएको छैन प्रचण्डले भने भंग त केपी ओली सरकार भएको हो । केपी ओलीले जवरजस्त प्रतिनिधिसभा भंग भयो भन्दैमा हामी मान्दैनौ उनले भने सर्वोच्चमा मुद्धा विचाराधीन नभएको भए यतिबेला केपी ओलीलाई संसद बोलाएर कारबही गरिसक्थ्यौ ।

ओलीप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले ज्ञानेन्द्रलाई नागार्जुन पु-याएका जनताले ओलीलाई ३ महिनाभित्रमा सत्ताच्युत गर्ने बताए । कम्युनिष्ट पार्टीभित्र घुसेर सत्ताका एजेन्ट बनेका ओलीलाई जनताको सेटिङमा सत्ताबाट बर्हिगमित गर्ने उनले बताए ।

सुदुरपश्चिमको आमसभामा प्रचण्डले लेखराज भट्टको समेत उछितो काडे । ओलीलाई दलालको संज्ञा दिएका प्रचण्डले लेखराजलाई दलालको पनि दलालको उपमा दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *