रिबन

‘विघटनको परिकल्पना संविधानमा छैन’

आजका पत्रपत्रिकाहरुमा फरक फरक विषयवस्तुलाई स्थान दिइएको छ । सबैजसो पत्रिकामा अवहेलना मुद्धामा प्रधानमन्त्री तथा पूर्व प्रधानन्यायाधीशरुलाई अदालतमा उपस्थित हुने दिइएको आदेशलाई स्थान दिएको छ ।
त्यसैगरी बिहिबार बुटवलमा नेकपा दाहाल नेपाल समूहले गरेको प्रदर्शनबारे तस्वीरसहितका समाचार छन् ।
नागरिक दैनिकले बुटवलमा भएको प्रदर्शनको तस्वीर छापेको छ भने, ‘विघटनको परिकल्पना संविधानमा छैन’ अर्को मुख्य खबर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनस्र्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन्। सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसमा बिहीबार कानुन व्यवसायीले यस्तो जिकिर गरेका हुन्।

अन्नपूर्ण पा्स्ट्ले पनि अदालतको अवहेलना मुद्धामा प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरुलाई पाँतच दिन भित्र अदालतमै उपस्थित हुन आदेश दिएकोबारे पहिलो पृष्ठमा खबर छ ।
त्यस्तै नेकपा नफुटाउने दुई दफा शिर्षकमा नेकपालाई निर्वाचन आयोगले फुटाउन नखोजेको कारण दखाइएको छ । राजनीतिक दलसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७४ का दफा ३३ र ४४ अनुसार आयोगले नेकपालाई नफुटेको ठहर गरेको हो ।
राजधानी दैनिकले हिजोबाट सुरु भएकोे स्वास्थनी व्रत कथा र माधवनारायण मेलाबारे तस्वीर सहित समाचार छापेको छ । अन्य राजनितिक र सामाजिक विषयवस्तुलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *