काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसकै कारण मुलुकमा निर्वाचन पद्धति स्थापित भएको बताएका छन । लोकतान्त्रिक पर्वतारोही तथा पर्यटन व्यवसायी समुहले आयोजना गरेको कांग्रेस प्रवशीहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै डा. महतले जनताबाट अनुमोदन भएर सत्तामा जाने पद्धति कांग्रेसले स्थापित गराएको बताए ।
कम्युनिष्टहरु सिद्धान्तत निर्वाचन चाहादैनन-निर्वाचन मन्दैनन डा. महतले भने सत्तामा जाने अन्य विकल्प नभएका कारण नेपालमा कम्युनिष्टहरु निर्वाचन स्वीकार्न बाध्य भएका हुन । निर्वाचनबाट सत्तामा पुगेका कम्युनिष्टहरुमा पुरानै मानशिकता स्थिापित हुँदा मुलुकमा अस्थिरता मौलाएको बताएका हुन । उनले निर्वाचित कम्युनिष्ट सरकारले आफूलाई सर्वोपरी ठानेर आफूलाई केन्द्र विन्दुमा राखेर जनताका पीरमार्कालाई गौण बनाएको आरोप लगाए ।
निर्वाचनबाट सत्तामा जाने अवसर पाएको नेकपाले विधि र कानून विपरित प्रतिनिधिसभा विघटन गरेका कारण कांग्रेस आन्दोलन गर्न बाध्य भएको डा. महतले स्पष्ट पारेका छन । सत्तारुढ दलभित्रको व्यक्तिवादी राजनीतिले मुलुकमा राजनीतिक शंकट पैदा भएको बताएका छन ।
ओली पद नछोड्ने प्रचण्ड–नेपाल सत्तामा जसरी पनि जाने टकरावले प्रतिनिधिसभा विघटन भएको डा. महतले बताए । जनतालाई झुक्याएर सत्तामा पुगेका कम्युनिष्टहरुको तीन वर्षको कामले असली रुप उदाङ्गिएको डा महतले बताए ।

डा. महतले सत्ताधारी दल नेकपा फेल भएको बतएका छन । कम्युनिष्ट सत्ताका कारण लोकतान्त्रिक पद्धति ओझेलमा परेपनि कसैले खोस्न नसक्ने उनले बताए । सर्वोच्च अदालत संविधानको अन्तिम व्याख्यता भएकाले अदालतको फैसला सबैले स्वीकार्नु पर्ने उनले बताए ।
नेपाली कांग्रेस जनताबाट अनुमोदित भएर सत्तामा जानेबाटो बहेका अरु बाटो स्वीकार्दैन डा. महतले भने ढिलो चाडो सत्तामा गएर मुलुकमा भएका गलत क्रियाकलव सुधार गछौं । कम्युनिष्ट सरकारले हरेक व्यवसायलाई हस्तक्षेप गरेका कारण व्यवसाय फस्टाउन नसकेको उनले बताए ।
लोकतान्त्रिक पर्वतारोही तथा पर्यटन व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले कोरोना भाइरसको महामारीपछि पर्यटन व्यवसायी निकै संकटमा गुज्रिएको बताए ।
पर्यटन व्यवसय धराशायीबन्दा आम मानिसको जनजीवन प्रभावित बनेको उनको तर्क थियो । नेपालमा आयत र निर्यातको ठूलो खाडल रहेको हाम्रो मुलुकमा पर्यटन व्यवसाय ठप्प हुँदा व्यापार घाटा परिपूर्ति हुन नसकेको उनले बताए ।






