शिक्षा / स्वास्थ्य

कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ ।    

कांग्रेसको शिक्षा केन्द्रीय विभागको बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ ।    

विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७-७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पुर्याएको जनाएको छ । बैठकले आयोगले मनोमानी रुपमा बढाएको शुल्क अविलम्ब फिर्ता गरी पुरानै शुल्क कायम गर्न सरकारसँग माग गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *