राजनीति

पुरानै नेकपा आधिकारिक: प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । पुरानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारिक भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । नेकपाका दुई समूहले आधिकारिता दाबी पेस गरेका बेला प्रमुख निर्वाचन आयुक्तको यस्तो भनाइ बाहिर आएको हो । उनले भने, ‘कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई आधिकारीक मान्न सकिँदैन ।’

केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको तथा विष्णु पौडेल महासचिव रहेको नेकपा मात्रै आधिकारिक नेकपा भएको कुराकानीका क्रममा उनले बताए ।

दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने प्रावधान रहेकाले दुवै समुहमा यस्तो निर्णय गरेको नदेखिएकाले प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुने भएकाले समूहगत रूपमा आएका दुवै समूहको निवेदन खारेज भएको र पुरानै नेकपा आधिकारिक भएको उनले बताए ।

प्रभानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनपश्चात नेकपा दुई समुहमा विभाजन भएको थियो । एक समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्, भने अर्को समुह पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *