काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल समूह) ले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सो समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
जसअनुसार प्रचण्ड नेपाल नेतृत्वको नेकपाले आगामी माघ २८ गते बृहत् प्रदर्शन गर्ने घोषणा गरेको छ, त्यसका लागि जसअन्तर्गत माघ १३ गते काठमाडौंमा सिट्ठी जुलुस तथा १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना लगायत कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेकपाले माघ १५ गते बुटवल, १६ गते नेपालगन्ज र १७ गते धनगढीमा विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने भएको छ । माघ २८ गते तेस्रो चरणको आन्दोलन सकिनेछ ।





