रिबन

निर्वाचन आयोगले जाेगाइदियाे नेकपाकाे फुट

आज संघीय राजधानीबाट प्रकाशित सबै जसो पत्रपत्रिकाहरुमा नेकपाकै चर्चा छ ।
अनौपचारिक रुपमा फुटेको नेकपालाई निर्वाचन आयोगले भने नफुटाउने भएको छ ।
नागरिक दैनिकले कानूनी रुपमा नेकपा एउटै शिर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । नेकपा आधिकारिकता विवादमा दुवै समूहको दाबीलाई निर्वाचन आयोगले मान्यता नदिएको नागरिक दैनिकले लेखेको छ । आयोगको आइतबारको बैठकले नेकपाका ओली समूह र दाहाल-नेपाल समूहका दाबीलाई मान्यता नदिने निर्णय गरेको हो। आयोगका एक सदस्यका अनुसार बैठकले दुवै समूहको दाबी नपुग्ने ठहर गरेको छ। आयोगले दुवै समूहले पार्टीमा गरेको हेरफेर संशोधन गर्न नसकिने बताउँदै दुवै अध्यक्षलाई पत्र पठाउने तयारी गरेको छ। यसैबीच नेकपा दाहाल नृपाल समूहले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाटै हटाएको छ । यो खबर पनि नागरिकले पहिलो पृष्ठमै छापेको छ।
अन्नपूर्ण पोस्ट् र राजधानी दैनिकले पनि नेकपाबारे निर्वाचन आयोगको निर्णयलाई पहिलो पृष्ठमै छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले नेपाल चीन व्यापारमा अवरोध पुगेको अर्को खबर पनि पहिलो पृष्ठमै छापेको छ । २०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रूपमा सञ्चालनमा आउन सकेका छैनन्। चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा ‘शून्य कोभिड’को नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्।
राजधानी दैनिकले खोप लागाउने तयारी अन्तिम चरणमा पुगेको खबरलाई पहिलो पेजमा छापेको छ । सरकारले माघ १४ गते बुधबारबाट देशव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्नेछ । भारत सरकारले अनुदानमा दिएको खोपलाई नेपालमा सरकारकाले कोरोना विरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राखेर लगाउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *