काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका छन् । ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको र पहिरो मर्मत नगरी चुनावमा जाँदा दुर्घटना हुने उनको भनाइ छ ।
जसपा संघीय अध्यक्षसमेत रहेका भट्टराईले आइतबार बिहान सामाजिक सञ्जालमार्फत २०१४ सालमा राजा महेन्द्रले जारी गरेको संविधान मानेर जाँदा बीपी कोइरालाले धेरै ठूलो धोका खाएको नबिर्सन पनि उनले सचेत गराएका छन् ।
उनले लेखेका छन्, ‘ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं । २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं ।’




