१,
चढेँ उकालो
भासिएला सपना
लौरो समात्दै ।
२,
एकान्त झाङ
घोडा दौडेको मात्र
सेतो मुर्कट्टा ।
३,
तेल थपेको
रातभर जाग्राम
नौसुते धागो ।
४,
पोखिएपछि
पहेँलै पतलिँदा
छिर्दा कता हो ।
५,
खोज्दै गएको
भुइँ टेक्ने पहाड
टुसा उम्रेको ।
६,
हरेक पल्ट
रात रोएको सुन्छु
इनारभित्र ।
७,
सुँघेर भाग्छ
खसी बनेको बोका
भाउ बढेन ।
८,
खेल्नु खेलेथेँ
अनुहार बिर्सेर
बिलायो आफैं ।
९,
पानी नपर्दा
गुलाफ ओइलियो
जालोको आँखा ।




