रिबन

सडक बीचमै बनाइयो भाषण गर्ने मञ्च, काठमाडौंमा बिहानैदेखि घन्टौं ट्राफिक जाम

काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । विभिन्न जिल्लाबाट सयौं रात्रि बसमार्फत जनतालाई काठमाडौं उतारिएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सो समूहले आज शक्ति प्रदर्शन गर्न लागेको हो ।

उसले पुस ५ गतेदेखि नै सडक आन्दोलन गर्दै आएको छ । ओलीको कदमलाई असंवैधानिक र प्रतिगमन भन्दै प्रचण्ड–नेपाल समूहले देशव्यापी आन्दोलन गरिरहेको छ । जसअनुसार आज एक लाख मानिस काठमाडौं उतारेर ओलीको कदमको विरोध जनाउन लागेको हो ।

प्रहरीले चक्रपथभित्र भाडाका सवारी चल्न दिएको छैन । तर, पनि ठाउँठाउँमा सडक खाली गराउँदै यात्रहरू घन्टौं ट्राफिक जाममा फसेका छन् । ट्राफिक प्रहरीले एउटा सडमबाट अर्कोतिर जान नदिँदा मोटरसाइकल र निजी सवारी लिएर हिँड्ने आपतमा परेका छन् । समयमै गन्तव्यमा पुग्न सकेका छैनन् ।

नेकपा (प्रचण्ड–माधव नेपाल) समूहले रत्नपार्क–भद्रकाली सडकखण्डको बीचमै भाषण गर्ने मञ्च बनाएको छ । हजारौं मानिस सहभागी हुन सक्ने भन्दै सडक नै कब्जा गरी भाषण गर्ने मञ्च बनाएका हुन् । विरोध सभालाई प्रचण्ड, माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *