ताजा समाचार

आज ३.५ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुसको अन्तिमतिर काठडौंको न्यूनतम तापक्रम बढेकि थियो । त्यसैले काठमाडौंबासीले चाडै जाडो सकिएको अनुभवसमेत गरेका थिए । तर मात्रको पहिलो सातादेखि लगातार तापक्रम घटिरहेको छ ।

आज काठमाडौंमा दिउँसोको तापक्रम १८–२० डिग्री सेल्सियसको बीचमा हुने अनुमान गरिएको छ । काठमाडौंको मौसम आज सफा नै रहने बताइएको छ । केही दिन अझै तापक्रम घट्दै जाने महाशाखाको भनाइ छ । अहिले (विहान) देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरोसमेत लागे पनि दिउँसो क्रमशः हट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य वदली तथा प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *