काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा देशभरका ६ हजार ७ सय ४३ वडामा आज विहीबार भएको विरोध प्रदर्शनमा सहभागीलाई पार्टी सभापति शेरबहादुर देउवाले बधाइ तथा आभार व्यक्त गरेका छन् ।
विज्ञप्तिमार्फत् सभापति देउवाले भनेका छन्, ‘गाउँ÷नगर वडा कार्यसमितिका साथीहरूसँगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।
पुस १३, पुस २५ र माघ ३ को प्रदर्शनमाझैं आज विहीबारको प्रदर्शनमा पनि सामाजिक सञ्जाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु ।
‘निरन्तर समाचार सम्प्रेषण गरेर आजको प्रदर्शनमा योगदान पु¥याउनु हुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु’ जारी विज्ञप्तिमा भनिएको छ ।
केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेको छ ।




