आजका पत्रपत्रिकामा भारत सरकारले अनुदान दिने कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्नेबारे सबै पत्रिकामा प्राथमिकताको साथ छापिएको छ भने अमेरिकी राष्ट्रपति जो बाइडन सपथबारे पनि पहिलो पृष्ठमा प्राथमिकता पाएका छन् ।
नागरिक दैनिकले राजनितिक विषयलाई मुख्य प्राथमिकतामा राखेको छ । केपी ओलीले अदालतलाई प्रभावित पार्न खोजे शिर्षकमा मुख्य समाचार लेखेको छ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा रिट निवेदक अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा भाषण गर्दा ‘संसद् पुनस्र्थापना हुन नसक्ने’ दाबी गर्नुलाई न्यायपालिकामाथिको हस्तक्षेप प्रयास भएको बताए । त्यस्तै खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय शिर्षकमा अर्को समाचार छ । सरकारले राष्ट्रियसभामा विधेयक दर्ता गरेर भए पनि छलफल चलाउन सकिन्थ्यो । तर राष्ट्रियसभाको अधिवेशन १० दिन पनि चल्न सकेन । राष्ट्रियसभामा दर्ता भएको विधेयक बैठकमा पेस गरेपछि सैद्धान्तिक छलफल र संशोधन प्रस्तावपछि मात्र समितिमा छलफलका लागि पठाउनुपर्ने भएका कारण अधिवेशन आवश्यक परेको हो ।
त्यस्तै अन्नपूर्ण पोस्ट्ले पनि भारतले दिने १० लाख डोज खोप आज नेपाल आउनेबारे मुख्य समाचार छ । भने अमेरिकी राष्ट्रपति जो बाइडनल् पदका् सपथ दिएकेबारे पनि तस्वीरसहित मुख्य समाचार छ । त्यस्तै गोरखा जिल्लामा सरकारी सेवामा कोटा सिस्टमबारे लगातार समाचार लेखेको अन्नपूर्ण पोस्ट्ले आज पनि पहिलो पृष्ठमा समाचार छापेको छ । गोरखाको बैंकहरुमा समेत कोटा सिस्टम भएको शिव उप्रेतिले लेखेका छन् । बैंकमा सुन धितो राखेर कर्जा लिन जानुभयो र तपाईं लाइनको ११ औं नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ । जति बिन्तीभाउ गर्नुस्, गार्डको एउटै जवाफ हुन्छ, ‘क्यासियर सापले १० जनाभन्दा एक जना पनि भित्र नपठा भन्नुभएको छ ।’ पठाए आफूलाई कराउने उनले बताए ।
क्यासियर श्रेष्ठको आदेशअनुसार १० जनाले मात्र प्रवेश पाउँदा टाढा–टाढाबाट आएका सेवाग्राही बाहिरको बाहिरै पर्ने गरेका छन् ।




