रिबन

यता मुद्धा अदालतमा विचराधीन, उता म्यादी प्रहरीमा भर्ना खाेल्ने तयारी

आजका पत्रपत्रिकामा फरक फरक विषयवस्तुलाई प्राथमिकता दिएर छापिएको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएकोबारे सबै पत्रिकामा खबर छ । बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ ।

नागरिक दैनिकले कोरोना खोपसँग जोडिएको कूटनीतिक उल्झन शिर्षकमा नेपालमा विगतमा फैलिएको माहामारी र त्यसबेला खोप तथा औषधी ल्याउन गरिएको कुटनितिक प्रयासबारे समाचारमा लेखिएको छ ।

नागरिक दैनिकले नेकपा विभाजनः तानातानमा कार्यकर्ता शिर्षकमा खबर छापेको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्। ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर तान्न केन्द्रीय सदस्य बनाउनेसम्मको प्रलोभन दिएको छ।

राजधानी दैनिकले सरकारले म्यादप् प्रहरीमा भर्ना खुलाउने तयारी गरेको बारे खबर छापेको छ ।
प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।

अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा नेपालमा नयाँ प्रकारको कोरोना भाइरसक फैलिएको खबर छापेको छ भने गोरखा जिल्ला प्रशासनमा सेवाग्राहीको काम कोटा सिस्टमबाट गरिने व्यवस्था हटेको खबर पनि छापेको छ । हिजो अन्नपूर्ण पोस्ट्ले कोटा प्रणालीले सेवाग्राही मर्कामा परेको खबर छापेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *