काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानन्त्री केपी ओलीलाई स्पष्टीकरण सोधेको छ । स्पष्टिकरणको पत्र बोकेर दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र पार्टी कार्यालयका सचिव बालुवाटार पुगेका हुन् । पत्र उनीहरुले बालुवाटार गेटमा दर्ता गरेर फर्किए ।
नेता पाण्डेका अनुसार पत्रमा संसद् विघटन गरेकाले पार्टीको अध्यक्षबाट हटाइएको र त्यसपछि पनि विधानको दफा ५६ अनुसार गतिविधि गरेकाले पार्टी सदस्यबाटै किन निष्कासन नगर्ने भनी स्पष्टीकरण सोधिएको छ । उनले सोमबारको मितिदेखि ३ दिनभित्र स्पष्टिकरण दिन समयसीमा दिइएको बताए।
पार्टी स्थायी कमिटीको निर्णयअनुसार आज स्पष्टीकरण पत्र बालुवाटार पुगेर बुझाएका छौं, नेता पाण्डेले भने, ‘पार्टी विधानको दफा ५६ अनुसार स्पष्टीकरण सोधिएको हो ।’





