पत्रपत्रिकाबाट

‘ओलीको अराजकता अस्वीकार्य’

आजका पत्रपत्रिकामा हिजो कांग्रेसले निकालेको विरोध प्रदर्शनका तस्वीरसहितका समाचारहरु छन् । भने केहीले जाडोमा तराईका गरिब विपन्नको विजोगबारे मुख्य खबर छापेको छन् ।

नागरिक दैनिकले प्रधानमन्त्रीले सर्वोच्चका न्यायाधिश नभेटेको भनी दिएको स्पष्टिकरणलाई पहिलाे पृष्ठमा छापेको छ । भने ‘ओलीको अराजकता अस्वीकार्य’ शिर्षकमा तस्वीरसहित मुख्य खबर छापेको छ । कांग्रेसले ओलीको संसद् विघटन गर्ने निर्णय विरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ। विरोध कार्यक्रममा केन्द्रीयस्तरका नेताहरू पनि सहभागी भए। राजनीतिक कार्यक्रममा भाग लिन जिल्ला जिल्ला पुगेका केन्द्रीय नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने ओली कदमको खुलेरै आलोचना गरेका छन्।
त्यस्तै ‘शीतलहर छल्न न तातो नाना, न खाना’ शिर्षकमा अर्को खबर पहिलो पृष्ठमै छ । माघको ठण्डीमा पनि तराईको विपन्न एकसरो कपडामा बस्न बाध्य छन् । सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्।
यो खबरलाई विपन्नको बिजोग अन्नपूर्ण पोस्ट्ले पनि छापेको छ । सिरहा, भैरहवा र विराटनगरका सम्वाददाताले आफ्नो आफ्नो ठाउँका विपन्नहरुको समाचार छापेका छन् ।
राजधानी दैनिकले ‘राजतन्त्र फर्काउन नेकपा विभाजन’ शिर्षकमा समाचार छापेको छ ।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै थापाले पार्टी विभाजन हुँनुमा राजावादीको मूख्य भूमिका रहेको आरोप लगाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *