टिपी राखूँ शिरमा फूल वन वाटिकाको
बोली हासूँ गासूँ स्नेह गृह मातृकाको ।
डाँडाचौरी हरियाली माया मोहलाग्दो
तिर्छु आमा ! दूधको भारा छायाँ लोभलाग्दो ।१।
प्यास मेट्ने पानीघाट पानीघट्ट भेटेँ
पूर्णचन्द्र जुनेलीको छहारीमा देखेँ ।
एकान्तको घुमघाम बिहानै कि साँझ ?
नलुक न चारु चेली चियाबारी माझ ।।२।।
खोली किनारमा छल्को झझल्को छ गीत
घामपानी इन्द्रेनीले पोतिएको प्रीत ।
ताल–कुण्ड फेवा रारा लाखौँ आसपास
अलौकिक कृति स्मृति आँगनीको बास ।३।
ब्रह्मलोक जाने बाटो हिमश्रृङ्खलाको
उर्वरा यो तपोभूमि तीरभूमि माटो !
युगपुरुष शिव जनक बुद्घ सभ्यता रे !
शान्तिपूर्ण धराधाम दिव्य सिर्जना रे ! ।४।
* * *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१




