रिबन

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा?

आजका पत्रपत्रिकामा फरक फरक विषयलाई प्राथमिकता दिएर छापिएको छ ।
ओली पक्ष चुनाव भन्छ, प्रचण्ड(नेपाल पक्ष आन्दोलन नागरिह दैनिकले यो शिर्षकमा समाचार लेखेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे। नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो।

किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा? शिर्षकमा कान्तिपुर दैनिकले लेखेको छ, सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ ।

करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ ।

अन्नपूर्ण पोस्ट्ले उखुँको उधारो बिक्रिबारे कभर स्टोरी लेखेको छ । उधारोमा उखु बेच्न ज्यानको बाजी शिर्षकमा समाचार लखेको छ ।

मध्यरातमा टायर–बैलको लाम लगेको छ। त्यसभन्दा लामो लाइन ट्र्याक्टरको ट्रलीको छ। गाडीमाथि टनका टन उखु लोड छन्। निष्पट्ट अँध्यारोलाई पोलमा लगाइएको भेपर लाइटले चिर्न खोज्दै छ। तर, दिनजस्तो उज्यालो पार्न सकिएको छैन। रातको एक बजेको छ। कोही खोकिरहेको आवाज पनि आइरहेको छ। को हो रु भनेर टर्च बालेर हेर्दा ट्र्याक्टरको ट्रलीमुनिको चक्कानजिकै उखु किसान पल्टिरहेका देखिन्थे।
जीवनलाई दाउमा लगाएरै भए पनि चिनी मिलमा उधारोमा उखु बुझाउने व्यग्र प्रतीक्षा गर्दै थिए किसान।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *