काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । संसद् भंगबारे सर्वोच्चमा दर्ता भएका एक दर्जन रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ सुुरु भएको हो ।
रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद कायमै छ । सरकारी पक्षले बृहत् पूर्ण इजलासमा लान आवश्यक नरहेको भन्दै संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्ने अडान राखेको छ ।
आजको सुनुवाइ सुरु हुनुभन्दा अगाडि रिट निवेदक तथा नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालतमा पुगेका छन् । यसअघिका सुनुवाइमा वकिलहरु मात्रै उपस्थित रहने गरेकामा आज निवेदन गुरुङ आफै पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै पुस २२ गते पूरक निवेदन दिएका थिए ।




