एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पदबाट हटाउनका निम्ति तल्लो सदनमा औपचारिक रूपमा प्रस्ताव
दर्ता भएको छ। तल्लो सदन हाउस अफ रिप्रिन्टेटिभमा डेमोक्र्याट सांसदहरूले ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गर्न संसद बैठक बसेका बेला भएको उक्त हिंसामा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो।
ट्रम्पको कार्यकालमा दोस्रोपटक महाअभियाग दर्ता भएको हो । याे प्रस्तावमा अाजै मतदान हुने सम्भावना छ । याे महाअभियाेग दुबै सदनबाट पारित भएका ट्रम्पले अगामी कुनै पनि चुनाव लड्न पाउने छैनन् । ट्रम्पकाे कार्यकाल जम्मा ९ दिन बाँकी छ ।




