कोशी प्रदेश

निर्वाचन र आन्दोलनलाई एकसाथ अगाडि बढाउँछौँ : पूर्वअर्थमन्त्री कार्की


इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताएका छन ।    

नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएका कारण कांग्रेस निर्वाचनमा जान कहिल्यै नडराउने र शान्तिपूर्ण आन्दोलनलाई पनि निरन्तरता दिने बताएका हुन । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसको रक्षा कांग्रेसले नै गर्ने उनको जिकिर थियो ।    

नेता कार्कीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विषय सम्मानित सर्वोच्च अदालमा गइसकेकाले त्यसकै निर्णयको प्रतीक्षामा कांग्रेस रहेको बताए। प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई नेपाली कांग्रेसले सहर्ष स्वीकार गर्ने उनले बताए ।    

नेकपाको दुई समुहको लडाइँका कारण देश ठूलो दुर्घटनातर्फ जान लागेको बताउदै यो समयमा कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेर देशलाई विकासको बाटोमा डोर्याउनुपर्ने बेला आएको नेता कार्कीको भनाइ थियो । देशलाई समृद्ध मुलुक बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले तर्क थियाे ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *