रिबन

कांग्रेस विघटनविरुद्ध आक्रामक चुनावप्रति सकारात्मक

आज संघीय राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकताको साथ छापेका छन् ।
नागरिक दैनिकले चार पूर्व न्यायाधीशले संसद् विघटनबारे सार्वजानिक गरेको धारणाबारे मुख्य समाचार प्रकाशित गरेको छ । ‘अदालतलाई इंगित गरेका छैनौं’ शिर्षकमा मुख्य समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओली समर्थकहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन विषयमा पूर्वप्रधानन्यायाधीशहरूले धारणा दिएको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ। पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीले शुक्रबार संयुक्त प्रेस विज्ञप्तिमार्फत संविधानले नदिएको अधिकार प्रयोग गर्नु गलत भएको धारणा सार्वजनिक गरेका थिए। उक्त विषयमा प्रम ओलीले समेत अदालतलाई नधम्क्याउन ओलीको चेतावनी दिएका छन् । आजको नागरिक दैनिकले यीनै समाचारमा केन्द्रित भएर पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

त्यसै गरी कांगेस संसद् विघटनविरुद्ध देशभरि प्रदर्शन गरेको समाचार पनि नागरिक दैनिकमा छ । कांग्रेस विघटनविरुद्ध आक्रामक चुनावप्रति सकारात्मक भएको समाचारमा उल्लेख छ ।
अन्नपूर्णपोस्ट्ले राजनितिक विषय भन्दा अलि फरक विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।
वितृष्णा बोकेर विदेश शिर्षकमा मुख्य समाचार लेखेको छ । दुईतिहाइनजिकको सरकार बनेपछि धेरै नेपालीमा स्वदेशमै केही रोजगार पाउने आशा पलाएको थियो। देशमा स्थिरता आएपछि रोजगारीको अवसर पनि बढ्ने उनीहरूको अपेक्षा थियो। तर, तीन वर्षमै देशमा अस्थिरताको बादल देखिएको छ। जसकारण देशमा सुख शान्तिको अनुभव जनताले गर्न पाएका छैनन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *