काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा नेपाली जनताले नेपाली कांग्रेसलाई बहुमत दिलाउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ख द्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सहमहामन्त्री महतले परिवर्तनको नेतृत्व नेपाली कांग्रेसबाटमात्र संभव भएकाले जनताले बहुमत दिलाउने विश्वास व्यक्त गरेका हुन ।
अदालतले विचारधीन मुद्धा चाडो टुङ्ग्याएर मुलुकलाई निकास दिनुपर्ने डा.महतले बताए । केपी ओली नेतृत्वको सरकार कमचलाउ भइसकेकाले कामचलाउ सरकारले गरेका नियुक्ति, सरुवा,बढुवा कानून विपरित भएको बताए । डा. महतले पुर्नस्थापनबाट होस वा निर्वाचनबाट होस संसद आउनु पर्ने बताए । अगामी निर्वाचन निश्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिए । स्वतन्त्र र निश्पक्ष निर्वाचन हुने अवस्था नआए नेपाली कांग्रेसले ठूलो आन्दोलन गर्ने डा महतले चेतावनी दिए ।
अजै सहमहामन्त्री महतले नुवाकोट जिल्लाको क्षेत्र नम्बर १ को प्रदशसभा ख ले गरेका विरोध सभालाई सम्बोधन गरेका थिए ।




