बागमती प्रदेश

संसद विघटन हुनुमा ओलीमात्र होइन प्रचण्ड-नेपाल पनि जिम्मेवार छन : पूर्वमन्त्री बस्नेत


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कम्युनिष्ट नेतृत्वको सरकारबाट संविधान र लोकतन्त्र संकटमा परेको बताएका छन । सिन्धुपाल्चोक जिल्लाको प्रदेशसभा ‘क’ चाकु बजारमा विरोध र्याली तथा सभालाई सम्वोधन गर्दै पूर्वमन्त्री बस्नेतले नेपालका कम्युनिष्टहरु पद, पैसा र प्रतिष्ठाका लागि जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने बताएका हुन ।


नेपालमा देखिएको अनौठो राजनीतिक परिदृष्यले आम लोकतन्त्रवादीहरुलाई चिन्तित बनाएको पूर्वमन्त्री बस्नेतले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि संविधान विपरित संसदको हत्या गरेको आरोप लगाए । संसद विघटन हुनमा ओलीमात्र नभई पुष्पकमल दाहाल(प्रचण्ड) र माधव नेपालसमेत जिम्मेवार रहेको बस्नेतको आरोप थियो ।

अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई लक्षित गर्दै नेता बस्नेतले आह्वान गरे दृष्ट्रि परिवर्तन गर्नुहोस, कांग्रेसले सृष्टि परिवर्तन गर्छ । उनले कम्युनिष्टहरु विकास विरोधी भएको चित्रण गरे । कम्युनिष्टहरुले हाइड्रोपावर र र तातोपानी नाकाका नामम जनता ठगेको नेता बस्नेतले बताए ।

आगमी निर्वाचनपछि तीनै तहका सरकार कांग्रेसको बन्ने नेता बस्नेतले विश्वास व्यक्त गरे । कम्युनिष्टहरु आगामी निर्वाचनबाट बढारिने उनले दाबी गरे ।

खेलकुद विभाग प्रमुख समेत रहेका नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घर घरमा पुगेर सेवा गर्न निर्देशन दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *