आजको पत्रपत्रिकामा धनगढीमा नेकपा ओली पक्षले गरेको आमसभालाई केन्द्रित गरेर समाचारहरु प्रकाशित भएका छन् । भने अन्य खबरलाइ पनि पहिलाे पृष्माठ छापिएकाे छ ।
नागरिक दैनिकले निर्वाचनबाट मात्रै प्रतिनिधिसभा स्थापनाः प्रधानमन्त्री शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ छापेको छ । प्रतिनिधिसभा विघटनसँगै निर्वाचन मिति तोकेपछि काठमाडौं उपत्यकाबाहिर पहिलोपटक निस्केका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट मात्रै प्रतिनिधिसभा स्थापना हुने बताएका छन्। धनगढीमा शुक्रबार आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा संविधानसम्मत विघटन गरिएको र अब निर्वाचनपछि मात्र स्थापना हुने बताएका हुन्।
त्यस्तै ‘खोप कहिले आउने ठेगान छैन’ शिर्षकमा नेपालमा कहिले खोप आउने अझै निक्र्यौल नभएको खबर लेखेको छ । छिमेकि देशमा खोप लगाउन सुरु भएपनि नेपालमा भने कहिले र कहाँ बाट कसरी खोप ल्याउने अझै ठेगान भएको छैन ।
अन्नपूर्ण पोस्ट्ले पनि आफ्नो पहिलो पृष्ठमा धनगढीमा भएको ओली पक्षको आमसभालाई नै प्राथमिकतामा राखेर खबर छापेको छ । ‘नेकपा नातावादी पार्टी होइन’ शिर्षकमा ओलीले नेकपा छोरीबुहारी र भाइभतिजाको पार्टी नभएको बताएका छन्। समाचारमा भनिएको छ, नेकपाको अर्को खेमाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसलाई छोरीहरूको मतलब छ, जसलाई बुहारीको चिन्ता छ, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरूको पार्टी हो रु यो पार्टी सम्धीवाला पार्टी होइन। यो पार्टी छोरीबुहारीवाला पार्टी होइन। यो पार्टी भाइभतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरूको पार्टी हो। देश बनाउने पार्टी हो। जनताको पार्टी हो। त्यसकारण उहाँहरूले गफ नदिए हुन्छ।




