१,
सेपिलो कोठा
उत्तरतर्फ ढोका
छिर्नै सकिनँ ।
२,
टाँड पारेर
अग्लिएको दाउरा
भुसको आगो ।
३,
जमेको काई
कोतरेर फालिँदा
चोर औँला त ।
४,
फुकाल्न थाल्दा
अँगालो च्यात्तिएछ
टालेको हात ।
५,
हल्लाए मात्र
झरिहाल्यो बकेना
गेडा खोजेको ।
६,
मसिनो पात
तीतेपातीको झोल
हातले पेल्दा ।
७,
गाडियो मात्र
विरुपाक्षको आँखा
उठेको चोला ।
८,
तातो अगेना
सेलाएको खरानी
चर्केको पिँध ।
९,
भिरालो कान्ला
कोप्नुसम्म कोपेको
हात चिप्लिँदा ।




